Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रहरी समायोजन गर्न प्रधानमन्त्री लाई मधेश सरकार को ध्यानाकर्षण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २२, २०७९
In प्रदेश
0

२२ साउन,जनकपुरधाम :मधेश सरकारले ७ दिन भित्र प्रदेश सरकार लाई प्रहरी समायोजन गरी हस्तान्तरण गर्न प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री लाई गम्भीर ध्यानाकर्षण गराएको छ ।गृह तथा संचार मन्त्री भरत प्रसाद साह को नेतृत्वमा गएको मन्त्रीहरु सहितको टोलीले प्रदेश प्रमुख हरि शंकर मिश्र मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालको संविधान को धारा २६८ ले प्रदेश प्रहरी संगठनको ब्यवस्था गरेको तथा अनुसुचि ६ को कम संख्या १ मा प्रहरी, शान्ती सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेपनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरेको छ ।

प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्री लाई यस अघि नै ज्ञापनपत्र समेत बुझाई सकेको स्मरण गराउदै मधेश सरकारले एक साता भित्र प्रहरी समायोजन नगरिए शान्तीपूर्ण तथा अहिंशात्मक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्। मधेश सरकार को आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशको गृहमन्त्री स्तरीय भेला ले यथाशिघ्र समायोजन हुनु पर्ने माँग सहितको घोषणा पत्र समेत जारी गरेको थियो ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा उद्योग,पर्यटन तथा वनमन्त्री शत्रुघन महतो,भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा, कृषि मन्त्री विजय कुमार यादव सहित सहभागी रहेका थिए ।ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख मिश्रले ध्यानाकर्षणपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताएका छन् ।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२
प्रदेश

मधेश प्रदेश प्रमुख भण्डारी समझ लेखापरीक्षण प्रतिवेदन पेस

जेष्ठ २, २०८२
प्रदेश

अस्पतालपछि अब विद्यालयमा ध्यान, मुख्यमन्त्री सिंहले थाले शैक्षिक अनुगमन

बैशाख ३०, २०८२
प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend