१०भदौ,महोत्तरी :मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई असफल बनाउन विभिन्न शक्तिकेन्द्रहरु द्वारा भईरहेको जालझेललाई मधेशी जनताले सफल हुन नदिने बताएका छन्।संघीय संसद,राष्ट्रियसभा द्वारा आयोजित संघीय शासन प्रणाली सबलीकरण विषयमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेशी जनताको ठुलो बलिदानीबाट आएको संघीयतालाई असफल पार्न विभिन्न तबकाबाट षडयन्त्र भईरहेपनि त्यो योजना असफल हुने दावी गरेका छन्।

संघीयतालाई असफल बनाउनकै लागी संविधानले स्पष्ट गरेको अधिकारहरुमा पनि कटौती गर्ने, साढे दुई वर्ष अघिनै पास भैसकेको प्रहरी ऐन कार्यान्वयन गर्न आनाकानी गर्नु जस्ता प्रपंचहरु भैरहेपनि आफुहरु त्यो सफल हुन नदिने प्रतिबध्ता जनाएका थिए।देशमा संबैधानिक संघीयता आएपनी व्यवहारमा अझै पनि केन्द्रीकृत मानसिकताले संघीयता संस्थागत हुनलाई कठिनाई भैरहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यस्ता मानसिकता आफै परास्त हुने दावी गरेका छन्।मधेस प्रदेश संघीयताको जग बलियो बनाउने खाले विभिन्न कानुनहरु निर्माण गरेपनी संघबाट उक्त कानुन लागू गर्न अझै हिचकिचाई रहेको उनको आरोप रहेको थियो ।
संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन समितिका संयोजक खिमलाल देवकोटाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना,राष्ट्रियसभाका पूर्व उपाध्यक्ष शशिकला दहाल, प्रदेशका सभामुख सरोजकुमार यादव,राष्ट्रिय सभाका सदस्यहरु,प्रदेशका मन्त्रीहरु,प्रदेशसभाका सदस्यहरु,स्थानिय सरकारका प्रतिनिधिहरु,प्रदेश मन्त्रालयका सचिवहरु,आठ ओटै प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संस्थाहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता संसदीय विशेष समितिका सभापती खिमलाल देवकोटाले गरेका थिए भने उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्य रहेको थियो।



















आफ्नो प्रतिकृया दिनुहोस्