जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक दरवार निर्माण गर्ने बताएका छन् ।बुधबार जनकपुरधामको बेंङ्गाशिवपुरमा श्रीकृष्ण जन्माष्टमी मेला तथा कलश यात्राको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले बेंङ्गाशिवपुर स्थित बाउन्न (५२) बिघा जमिनमा प्रदेशको हरेक मन्त्रालय र मुख्य प्रशासनिक ईकाई बनाएर जनक दरवारको रुपमा स्थापित गर्ने बताएका छन् ।
काठमाडौंको सिंहदरवार जस्तै प्रदेशको मुख्य केन्द्रको रुपमा अब जनक दरवार स्थापित हुने उनको दाबी रहेको छ । उनले जनक दरबार बनाउने निर्णय चार महिना पहिले नै गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेको र स्वीकृति पाउने बित्तिकै निमार्ण कार्य अगाडि बढाउने बताएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्