धनुषा : मधेस प्रदेशका प्रमुख समक्ष जनलोकपाल आयोगको दोस्रो प्रतिवेदन पेश भएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्र समक्ष प्रदेश जनलोकपाल आयोगका अध्यक्ष रामसहाय राय यादवको नेतृत्वमा गएको टोलीले आज आव २०७९/८० को दोस्रो वार्षिक प्रतिवेदन पेस गरेको हो ।

‘प्रदेश जनलोलपाल ऐन, २०७७’ को दफा (३१) को उपदफा (१) व्यवस्था बमोजिम प्रतिवेदन पेस भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले बताउनु भयो । प्रदेश जनलोकपाल कार्यालय जनकपुरधाममा विभिन्न माध्यमबाट ३२ वटा उजुरी परेको र त्यसमा धेरैजसो स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमिततालाई छानबिन गरी प्रक्रिया अन्तिम चरणमा रहेकाे छ ।
सो अवसरमा जनलोकपाल सदस्य राजकिशोर प्रसाद साह, शोभा कुमारी महतो, कार्यालय प्रमुख जयकुमार राउत, प्रशासन प्रमुख जीतेन्द्र यादव लगायतका कर्मचारी उपस्थिति थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्