Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘निष्पक्षता नै प्रहरीको मूलमन्त्र हुनुपर्छ’ : मुख्यमन्त्री यादव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ३०, २०८०
In प्रदेश
0

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले न्याय र निष्पक्षता नै प्रहरीको मूलमन्त्र हुनुपर्ने बताउनु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आज आयोजित ६८औँ प्रहरी दिवसको उपलक्ष्यमा मुख्यमन्त्री यादवले असल मानिसको रक्षा र खराबलाई दण्डीत गर्नु प्रहरीको आदर्श हुनु पर्ने बताउनु भयो ।

“मलाई थाहा छ तपाईंहरु कम स्रोत साधन र घामपानी नभनी नागरिकको सेवामा खटिरहनु भएको छ । नागरिकको पहिलो भरोसा नै तपाईंहरु नै हो, त्यसैले कुनै पनि निर्दोष मानिस र सिङ्गो समाजले सधैँ सम्झिने गरी काम गर्नुहोस्”, मुख्यमन्त्री यादवले भन्नुभयो ।

देश बनाउने जिम्मा राजनीतिज्ञको मात्र नभई प्रहरी प्रशासन लगायत सबैको साझा उद्देश्य भएकाले सबैले आफ्नो दायित्वमा कटिबद्ध हुनुपर्ने भन्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार यस्ता कार्यका लागि सधैँ साथमा रहने बताउनु भयो । उहाँले मधेस प्रदेशको आवश्यकता र संवेदनशीलतालाई ख्याल गर्दै काम गर्न पनि अपिल गर्नु भयो ।

मुख्यमन्त्री यादवले भन्नुभयो, “मधेस प्रदेशमा विद्यमान समस्याका बारेमा तपाईंहरु अझबढी जानकार हुनुहुन्छ । यहाँको शान्ति सुव्यवस्था, अमन चयन, विकास र सुशासनका लागि यस प्रदेशमा विशेष जोड दिन चाहन्छु ।”

कार्यक्रममा प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहमद समीमले राम्रो काम गर्दा आक्षेप र अवरोधको सामना गर्नुपरे पनि कानुन सम्मत ढङ्गले अगाडि बढ्न प्रहरीलाई आग्रह गर्नु भयो ।

त्यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासलाई कायम राख्दै आफूहरु सधैँ जनसेवामा समर्पित रहेको बताउनु भयो । उहाँले आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाहका क्रममा सहिद भएका अमर प्रहरीप्रति उच्च सम्मान प्रकट गर्नु भयो । त्यसअवसरमा सहिद परिवारलाई सम्मान र प्रहरीका सन्ततिलाई पुरस्कृत समेत गरिएको थियो ।

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend