काठमाडौं : धनुषाको विदेह नगरपालिका कर्माही स्थित श्री जनता नमूना माध्यमीक विद्यालयकी १७ वर्षीया विभा कुमारी यादवलाई मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्री बनाइएको छ ।शुक्रबार यादवलाई १ घण्टाको लागि सांकेतिक रुपमा मन्त्री मोहम्मद समिमले पद हस्तान्तरण गरेका छन् ।

प्लान इन्टरनेशनलको गल्र्स टेक अभर कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा गृह सञ्चार तथा कानुन मन्त्रलालय मधेश प्रदेश संगको समन्वयमा उनलाई मन्त्री यादवले आफ्नो पद हस्तान्तरण गरेका छन् ।
सो क्रममा यादवलाई उक्त मन्त्रालयको जिम्मेवारी, कार्यविधी, कार्यक्षेत्र लगायतका बारेमा मन्त्रालयका सचिव उमेश कुमार ढकालले जानकारी गराएका थिए ।कार्यक्रममा धनुषाका विभिन्न पालिकाहरुकाबाट आएका सामुदायिक विद्यालयका छात्राहरुले आफ्ना गाउँ समाजमा विद्यमान समस्याहरु बारे ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा मन्त्री मोहम्मद समिमले छात्राहरुको गुनासोबारे जवाफ दिंदै बालबालिकाहरुसंग हुने कुनै पनि किसिमको दुव्र्यवहार वा बलात्कार लगायतका घटनामा सञ्चारकर्मीहरुले गोपनियता कायम राखि समाचार सम्प्रेशन गर्न जरुरी रहेको बताए ।
उनले लागू औषध सम्बन्धी समस्या समाधान गर्न सिमा क्षेत्रमा चेकजाँचमा थप कडाइ गर्ने योजना अनुरुप काम भइरहेको जानकारी दिए । त्यस्तै उनले ट्राफिक व्यवस्थापनको सन्दर्भमा विद्यालय स्तरदेखि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बारे मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला ट्राफिक कार्यालय सहित अन्य निकायहरुसंग छलफल भइरहेको बताए ।
कार्यक्रममा प्लान ईन्टरनेशन नेपालका जनकपुरधाम स्थित कार्यालयका क्षेत्रिय प्रबन्धक रविशंकर पण्डितले प्लान ईन्टरनेशनलले विश्व व्यापी रुपमा विश्वका ७५ देशमा समान शक्ति, समान स्वतन्त्रता तथा समान प्रतिनिधित्वको मान्यता अनुसार वालिका तथा किशोरीको मनोबल बढाउन पद हस्तान्तरण अभियान चलाइरहेको जानकारी दिए ।
प्लान ईन्टरनेशनल नेपालका कोर्डिनेटर अञ्जु शाक्यले नेपालमा प्लान ईन्टरनेशन नेपालले ४५ वर्ष देखि काम गरेको बताउँदै मधेश प्रदेशमा पनि अढाई वर्ष देखि काम गरेको बताउँदै विकास सँगै वालिका, किशोरी तथा महिला सशक्तीकरण अभियान गरिरहेको बताएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्