Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेस प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २४, २०८०
In प्रदेश
0
उपाध्यक्ष चौधरी- सम्बोधन
मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी मधेस प्रदेश स्वास्थ्य निर्देशनालयको आव २०७/ ८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै  । तस्बिर : रासस

उपाध्यक्ष चौधरी- सम्बोधन मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी मधेस प्रदेश स्वास्थ्य निर्देशनालयको आव २०७/ ८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै । तस्बिर : रासस

(धनुषा), २४ कात्तिक : मधेस प्रदेश सरकार मार्फत स्वास्थ्य क्षेत्र हस्तान्तरण भएपछि यहाँका स्वास्थ्यमा सुधार हुन थालेको जिकिर गरिएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयले आयोजना गरेकोे आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा सहभागीहरुले सीमित साधनस्रोत भएर पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेकोे जानकारी दिइयो ।

मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीले आधारभूत स्वास्थ्यका लागि वडावडामा स्वास्थ्य संस्था स्थापना भए पनि गुणस्तरीय स्वास्थ्य सेवा जनताले अझै पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेस प्रदेशमा सुत्केरी तथा शिशुको मृत्युदर अन्य प्रदेशका तुलनामा उच्च भएकाले त्यसमा सुधार गर्नका लागि स्वास्थ्य क्षेत्रका अगुवालाई आग्रह गरिएको छ ।”

प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको सुपोषित प्रदेश बनाउने र मातृ तथा शिशु मृत्युदर घटाउने नीतिलाई प्रभावकारीरूपले कार्यान्वयन गर्न आवश्यक भएको उपाध्यक्ष चौधरीले बताउनु भयो । प्रदेश सभा सदस्य रुपा कुमारी यादवले मधेस प्रदेशका स्वास्थ्यकर्मी तथा शिक्षक देशमा नै नाम कहलिए यहाँको स्वास्थ्य क्षेत्र पछाडि पर्नाको कारणबारे प्रश्न उठाउनुभयो ।

प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले मधेसको स्वास्थ्य क्षेत्र विगत पाँच वर्षयता देखि निरन्तर सुधार भइरहेको बताउँदै अहिले स्वास्थ्यका धेरै पूर्वाधारको व्यबस्ता तथा उपचार पनि सुरु गरिएको छ भन्नु भयो। सबै जिल्लामा १५ शय्यामा सञ्चालित अस्पताललाई प्रादेशिक अस्पतालमा ल्याएर एक सय शय्या सञ्चालन गर्ने काम भएको उहाँको भनाइ थियो ।

सचिव यादवले प्रदेशमै गुणस्तरीय प्रयोगशाला तथा दुई करोड डोज अटाउने खोप भण्डार गृह सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय कुमार ठाकुरले मधेस प्रदेशमा धनी तथा गरिब बीच खाडल भएका कारणले गरिबमा कुपोषण तथा धनीमा नसर्ने रोगको समस्या भएको बताउनु भयो ।

निर्देशनालयका निर्देशक डा. राजीव कुमार झाले जनशक्ति तथा साधन स्रोतको अभावले कतिपय क्षेत्रमा चाहेजतिको कामकाज गर्न नसके पनि स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पालिकासँगको सहकार्यलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य सेवा केन्द्रका निर्देशक डा. अरुण बास्तोला, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा नागेन्द्र प्रसाद यादव, राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. सरोज कुमार खड्का र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, क्षयकुष्ठ रोग अधिकृत राजवीर यादव सहितले स्वास्थ्य क्षेत्रका विविध विषयमा चर्चा गर्नुभएको थियो ।

  • 45shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend