जनकपुरधाम : मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले बेरुजु शून्य बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन्। आज जनकपुरधाममा आयोजित लेखापरीक्षण, बेरुजु फर्छ्याेट तथा सम्परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशमा वित्तीय अनुशासन कायम गर्दै जनभावना अनुसार काम गर्ने सरकारको लक्ष्य रहेको बताएका छन ।
“संघियता महँगो र अनियमितता मात्रै भइरहेको छ भन्ने ढंगले गलत प्रचारबाजी भइरहेको छ । यस्तो गलत भाष्यलाई चिर्न पनि बेरुजु शून्य बनाउनुका साथै संघियताको जननीका रुपमा रहेको मधेस प्रदेशले जनतालाई अनुभूति गराउने किसिमले अझ काम गर्नु पर्ने आवश्यकता रहेकाे छ । यस कार्यमा सघाउ पुग्ने गरी तपाईं हामी मिलेर काम गरौँ, मुख्यमन्त्री यादवले आग्रह गर्दै बताए ।
साे अवसरमा मुख्यमन्त्री कार्यालयको तर्फबाट सचिव रामकृष्ण पुडासैनीले मधेस प्रदेश बारे प्रस्तुति दिनु भएको थियो भने प्रदेश लेखानियन्त्रक वीरेन्द्रकुमार मिश्रले प्रदेशको वित्तीय क्रियाकलाप बारेको प्रतिवेदन कावा महालेखापरीक्षक काफ्लेलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा सात प्रदेशका एक हजार दुई सय १८ कार्यालयमा लेखापरीक्षण भएकोमा सात रु अर्ब ५० लाख बेरुजु भएको र त्यस मध्ये ३५ प्रतिशत बेरुजु गम्भीर प्रकृतिका रहेका समेत जानकारी दिइएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्