२९ श्रावण,(आशिष कुमार मंडल),जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारमा रहेका आठ राज्यमन्त्री लाई पदमुक्त गरि सो को जानकारी प्रदेश प्रमुख को कार्यालय मा पठाएका छन्।राज्यमन्त्री बाट पद मुक्त भएका रञ्जु कुमारी मण्डल, निलम कुमारी रजक, शारदा देवी थापा,रेखा ठाकुर रामबाबु यादव,केशव राय, शम्भु साह तथा मोहम्मद जैद आलम हुन ।

यहि साउन २२ गते मात्र मुख्यमन्त्री सिंहले विभिन्न पार्टीलाई सन्तुस्ट गर्न सरकार मा ५ जना राज्यमन्त्री थप गरि २० सदस्यीय मन्त्री मण्डल बनाएका थिए। जसको आफ्नै पार्टी जनमत पार्टी तथा “सर्वत्र” समेत बाट घोर निन्दा एवं तिव्र आलोचना खेप्न नसकी मुख्यमन्त्री सिंहले एक एतिहासिक कदम चाली एकै दिनमा ८ राज्यमन्त्री बर्खास्त गरे। जसमा एक मुख्यमन्त्री सहित ११ मन्त्री लगायत ८ राज्यमन्त्रीहरु रहेका थिए।

यस्तै राज्यमन्त्रीहरु लाई मन्त्रालयको जिम्मेवारी बाट पदमुक्त गरि मुख्यमंत्री सिंह को सिफारिश मा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी ले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मिती २०८१/०४/२९ गते देहाय अनुसार को कार्य जिम्मेवारी र कार्य विभाजन सहित नयाँ मंत्री परिषद को पुनर्गठन गरि उक्त मन्त्रालयमा गृह संचार तथा कानुन मंत्री राजकुमार लेखी, शिक्षा तथा संस्कृति मंत्री मन्त्री रानीकुमारी तिवारी, भौतिक पूर्वाधार विकास मंत्री सरोजकुमार यादव, अर्थमंत्री सुनिल कुमार यादव, वन तथा वातावरण मंत्री त्रिभुवन साह,स्वास्थ्य तथा जनसंख्या मंत्री शत्रुधन प्रसाद सिंह, उद्योग वाणिज्य तथा पर्यटन मंत्री सकिल अलि मियाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मंत्री जनार्दन सिंह क्षेत्री, खेलकुद तथा समाज कल्याण मंत्री प्रमोद जैसवाल, श्रम तथा यातायात मंत्री कौशल किशोर राय लगायत ऊर्जा सिँचाई तथा खानेपानी मंत्रीमा शेषनारायण यादव लाई नियुक्त गरेकी छिन।नयाँ मन्त्रीमण्डलमा आब मुख्यमन्त्री सहित १२ जना मन्त्रीहरू मात्र रहने छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्