(आशिष कुमार मंडल),३२ श्रावण,जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले प्रदेश मन्त्रिपरिषद्का सदस्य हरु सँग कार्य-सम्पादन सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरु सँग कार्य-सम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा मुख्यमन्त्री सिंह, शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा, गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, अर्थमन्त्री सुनिलकुमार यादव,वन तथा वातावरण मन्त्री त्रिभुवन साह, भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जायसवाल, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँ सहभागी थिए ।
श्रम तथा यातायात मन्त्री कौशल किशोर राय प्रदेश राजधानी जनकपुरधाम बाहिर रहेकाले मन्त्री राय सँग सहमति हुन सकेको छैन ।मन्त्रालयको नीतिगत विषयलाई वार्षिक कार्यक्रम सँग जोडेर कार्य सम्पादन सूचक र मुख्य नतिजा क्षेत्र सूचक लाई भदौ १५ गते भित्र मन्त्रालयको संयन्त्रले तयार गरी स्वीकृत गरि सक्नु पर्ने सम्झौतामा उल्लेख छ ।
कार्य-सम्पादन प्रतिवेदनमा मन्त्रालयका कार्यक्रम, गतिविधिको सूची र कार्यान्वयनको समय सीमा उल्लेख हुनेछ ।उनले सम्झौता कार्यान्वयन देखि मासिक,त्रैमासिक,चौमासिक र वार्षिक कार्य-सम्पादन मूल्याङ्कन गरिने उल्लेख गरे, जसबाट मन्त्रालयमा काम गर्ने वा नगर्ने र काम नगर्नुको कारण र जिम्मेवार व्यक्ति पहिचान गर्न सकिनेछ ।
कार्य-सम्पादन सम्झौता सम्बन्धी करार पछि मुख्यमन्त्री सिंहले कार्य-सम्पादन सम्झौताका कारण मन्त्रालयका काममा प्रगति, पारदर्शिता र समयबद्धता कायम हुने बताए ।मुख्यमन्त्री सिंहले कार्यसम्पादन सम्झौता बाट कर्मचारीले जिम्मेवारी बुझ्ने बताए । उनले भने, ‘यसबाट पदाधिकारीको जिम्मेवारी सँगै पुरस्कृत र कारबाही गर्ने आधार तय हुनेछ’ ।
प्रदेशका मुख्य सचिव लोकनाथ पौड्यालले भदौ १५ गते सम्म प्रमुख कार्य-सम्पादन सूचक र प्रमुख नतिजा क्षेत्र लगायतका विवरण तयार गरी स्वीकृत गरे पछि सम्झौताको प्रक्रिया पुरा भएको मानिने जानकारी दिए ।
उनले मन्त्रालयले गर्ने कामको स्पष्ट जानकारी जनता लाई हुने, मन्त्रालय लाई निर्देशनको अनुभूति हुने तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लाई कुन मन्त्रालयले कुन क्षेत्र केन्द्रित काम गरिरहेको र सुव्यवस्थित किसिमले काम भइरहेको वा नभइरहेको बारे अनुगमन गर्न सहज हुने जानकारी दिए ।
प्रमुख सचिव पौड्यालले कार्य-सम्पादन सम्झौता बाट समानुपातिक हिसाबले बाँडफाँड गरेर कुनै महिना काम नहुने र कुनै महिनामा धेरै काम हुने प्रवृत्ति निरुत्साहित गर्दै तथा भदौ देखि असार सम्म काम व्यवस्थित गरिने बताएका छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्