(आशिष कुमार मंडल),३२ श्रावण,जनकपुरधाम : मधेश प्रदेशमा कलाकार संघको गठन भएको छ । कलाकार रोशन कुमार मिश्र को अध्यक्षतामा सम्पन्न कलाकारहरूको भेलाले जनकपुरधाममा ‘‘मधेश प्रदेश कलाकार संघ’’ नाम रहने संस्थाको लागी ११ सदस्यीय तर्दर्थ समिति गठन गरेको छ ।

सो समितिको अध्यक्षमा रोशन कुमार मिश्र ,उपाध्यक्ष रिना यादव ,महा सचिव रमेश महतो ,सचिव रितेश पाटली, कोषाध्यक्ष अवजित चौधरी तथा सदस्यहरुमा अरुण विजया ,प्रशान्त अरविन्द ,विरेन्द्र झा ,सुष्मा साह ,संजिव महासेठ,सन्तोष लाल दास हुने छन् ।

रामानन्द युवा क्लब को सभाहल मा सम्पन्न कलाकारहरूको भेलामा वरिष्ठ रंगकर्मी राम नारायण ठाकुरले यो मधेश प्रदेश कलाकार संघले प्रदेश लगायत देशकै सम्पूर्ण कलाकारहरुको कल्याण र हकहितका लागि उल्लेख्य कार्य गर्ने विश्वास व्यक्त गरे । उक्त भेला मा मधेश प्रदेश का विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो।

उपस्थित कलाकार सन्तोष एक्टरका अनुसार गठन भएको तर्दर्थ समितिले नियमानुसार दर्ताको प्रक्रिया पश्चात पूर्ण वैधानिकता प्राप्त गर्ने छन् ।तथा कलाकार हरुको योगदान लाई प्रोत्साहन गर्ने छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्