२० पुस ,जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मिथिला नगरपालिका-१० लालगढ स्थित माझी टोलमा नवजात शिशुको मृत्यु हुने घटनालाई गम्भीर रूपमा लिँदै समस्या समाधानका लागि पहल थालेका छन्।

सम्बन्धित समाचार प्रति ध्यानाकर्षण गर्दै, उहाँले पीडित कृष्ण बहादुर माझी सँग फोन संवाद गर्नु भएको छ। साथै, प्रेस सल्लाहकार अनिल कुमार कर्ण र स्वकीय सचिव रविन सिंह लाई घटनास्थलमा पठाएर वस्तु स्थिति बुझ्न निर्देशन दिनु भएको छ।
मुख्यमन्त्री सिंहले घटनाको समाधानका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट विशेषज्ञ चिकित्सकको टोली पठाउने प्रतिबद्धता जनाउँदै, नवजात शिशुको मृत्यु रोक्न प्रदेश सरकारको तर्फ बाट सबै प्रयास गरिने बताउनु भएको छ।
माझी टोलका पीडित सँगको संवाद पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रतिष्ठानको सहकार्यमा वरिष्ठ चिकित्सकहरूको टोली आइतबार माझी बस्तीमा पुग्ने कार्यक्रम रहेको छ। टोलीले समस्या पहिचान गरी उपयुक्त समाधानका उपायहरू अघि सार्ने छ।
मुख्यमन्त्री सिंह को यो कदमले माझी टोलका जनतामा राहत र आशा जगाउने अपेक्षा गरिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्