Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुख्यमन्त्री सिंह एवं स्वास्थ्य मन्त्रि द्वारा अवैध निजी अस्पतालको अनुगमनमा तीव्रता 

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १, २०८१
In प्रदेश
0

१ फागुन,मधेश प्रदेश: जनकपुरधाममा अवैध र अनधिकृत रूपमा सञ्चालित निजी अस्पतालहरू लाई बन्द गर्न मधेश प्रदेश सरकारले थप कडा कदम चालेको छ। प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँह, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिँह र स्वास्थ्य अधिकारीहरू सहित धनुषा प्रहरी प्रमुख उपरिक्षकका टोलीले बिहीबार जनकपुरधामका विभिन्न अस्पतालहरूको अनुगमन गरेका छन्।

केही दिन अघि,मुख्यमन्त्री सिँहले जनकपुरधामका २१ वटा निजी अस्पतालहरूको अनुगमन गर्दै, सेवा सञ्चालन अनुमति नलिएका र नवीकरण नगरेका अस्पतालहरूलाई बन्द गर्न र त्यहाँ उपचाररत बिरामीलाई वैध अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए। ती अस्पतालहरू मध्ये केही सञ्चालकहरूले आफैँ अस्पतालमा ताल्चा लगाएर सेवा बन्द गरेका छन् भने केहीले सरकारको निर्देशनको विरोध गर्दै पुरानै सेवा जारी राखेका छन्।

जनकपुरको पीडारी चोक स्थित जनकपुर मधेश होस्पिटल र रामानन्द चोकमा रहेको जनकपुर गोल्डेन अस्पताल अनुगमन गर्ने क्रममा दर्ता नगराई सञ्चालन भइरहेको पाइएको छ। मुख्यमन्त्री सिंहले दुवै अस्पताललाई शुक्रबार बिहान सम्म रोगीहरूको व्यवस्थापन अन्यत्र गरि ११ बजेसम्म बन्द गर्न निर्देशन दिएका छन्।

यसै क्रममा सरकारी निर्देशनको पालना नगर्ने जनकपुर मोर्डेन अस्पताल एण्ड रिसर्च सेन्टर लाई आजै बन्द गरिएको छ। अनुगमन कार्यमा अवरोध उत्पन्न गर्ने प्रयास गरेको आरोपमा उक्त अस्पतालका सञ्चालक रामभरोश महतोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताएका छन्।

यसै गरी, जनकपुरको रामानन्द चौक स्थित सुरक्षा अस्पतालमा अनुगमन गर्दा नवीकरण फेल भएको र  सरसफाइमा त्रुटि रहेको पाइएको छ ,भने हिरा हस्पिटलको दर्ता कागजात दुरुस्त रहेको पाइएको छ, तर ५० बेड भएको उक्त अस्पतालको आकस्मिक कक्षमा ५ वटा मात्र बेड हुनु पर्नेमा ८ वटा बेड राखिएको पाइएको छ। उक्त कक्षमा तीन वटा बेड घटाउन निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राजेश मिश्रले जानकारी दिएका छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend