Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेशमा गौर प्रादेशिक अस्पताल : देशमै उत्कृष्ट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ६, २०८१
In प्रदेश
0

०६ फागुन,रौतहट: रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल अब मधेश प्रदेशकै उत्कृष्ट अस्पताल बनेको छ र देशको टप टेन अस्पतालमा पर्न सफल भएको छ।

मधेश प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षणको परिणाम स्वरूप यो घोषणा गरिएको हो।

प्रादेशिक अस्पताल गौरले ८९ प्रतिशत अंक प्राप्त गरी मधेश प्रदेशका ६ वटा प्रादेशिक अस्पतालको बीचमा पहिलो स्थान हासिल गरेको छ। साथै, देशका ५० बेड भएका २० प्रादेशिक अस्पतालको सूचीमा पनि यो अस्पताल टप टेनमा पर्न सफल भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरले जानकारी दिए।

स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम सहित अन्य निकायका सात सदस्यीय टोलीले आइतबार देखि गौरको प्रादेशिक अस्पतालको अनुगमन निरीक्षण सुरु गरेको थियो।

सो अनुगमन पश्चात, सोमबार साँझ अस्पतालको सभाकक्षमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा अनुगमन टोली प्रमुख नर्सिङ प्रशासक नवौं तह सुनिता गुप्ताको अध्यक्षतामा निष्कर्ष सार्वजनिक गरिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले जानकारी दिए।

अस्पतालमा गरिएको अनुगमन निरीक्षणमा अस्पतालले दिइरहेको सेवा, डाक्टर र स्वास्थ्यकर्मीहरूको अवस्था, उनीहरूको बिरामीसँगको व्यवहार, भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीका बेड, अपरेसन कक्ष, शौचालयको अवस्था, सरसफाई र बिरामीलाई दिइने सुविधा मूल्यांकन गरियो र छुट्टाछुट्टै नम्बर दिइयो।

कार्यक्रममा बक्ताहरूले पहिले देखि जिल्ला गौर प्रादेशिक अस्पताललाई रेफरल अस्पतालको नामबाट चिनिन्थ्यो, तर अहिले यो अस्पताल डा. ठाकुर र अध्यक्ष हासमीको नेतृत्वमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरूको समर्पणबाट आफ्नो उत्कृष्ट पहिचान बनाउन सफल भएको बताएका थिए।

कार्यक्रममा रौतहटका प्रशासकीय अधिकारी मनिष झा, डा. ठाकुर, अध्यक्ष हासमी, स्वास्थ्य कार्यालयका प्रमुख राजेश कुमार सिंह र अस्पतालका कर्मचारी तथा पत्रकारहरूको उपस्थिति थियो।

यस आर्थिक वर्षको सात महिनामा प्रादेशिक अस्पताल गौरले ४३,००० भन्दा बढी बिरामीलाई विभिन्न जटिल अपरेसन र सघन सेवा दिएर उपचार गरेको छ। गत साउन देखि माघ महिना सम्म २६,९६३ एपीडी र १७,३३१ इमरजेन्सी बिरामीको उपचार गरिएको तथ्यांकमा उल्लेख छ। साथै, १३,९५८ बिरामीको रक्त परीक्षण र ७,४९८ जनाको एक्सरे गरिएको छ।

अस्पतालका सर्जन डा. शम्भु कुमार साहका अनुसार, २,३५७ गर्भवती महिलाको सामान्य सुत्केरी र ४२६ जनाको पेटको अपरेसन गरेर सुत्केरी गराइएको छ। त्यस्तै, ६७ जना बिरामीको हड्डी सम्बन्धी अपरेसन र ६६ जनाको अन्य अपरेसन गरिएको छ। २१ बिरामीलाई थेरापी उपचार र ८५ जनालाई जटिल रोगको उपचार गरिएको छ।

हाल, प्रादेशिक अस्पताल गौरमा किड्नी सम्बन्धी बिरामीका लागि डायलासिस सेवा पनि शुरू गरिएको छ। अस्पतालमा तीन वटा मेशिनको सहायता द्वारा दैनिक ८ बजे देखि ८ बजे सम्म १५ जना बिरामीको डायलासिस गरिन्छ।

  • 21shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२
प्रदेश

मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा, नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

अशोज २८, २०८२
प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वास मत लिने

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend