Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुख्यमन्त्री सिंहको अभिव्यक्ति प्रति शिक्षक संघको तीव्र आपत्ति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ४, २०८१
In प्रदेश
0

४ चैत्र,(धर्मराज),जनकपुरधाम: मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको गोलाप्रथा बाट केन्द्राध्यक्ष चयन गर्ने प्रस्ताव प्रति नेपाल शिक्षक संघ, मधेश प्रदेश समितिले कडा आपत्ति जनाएको छ। संघका अध्यक्ष परशुराम यादव र महासचिव विजय कुमार झाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको धारणा हास्यास्पद र दोषपूर्ण रहेको टिप्पणी गरेका छन्।

शिक्षक संघले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई निष्पक्ष, मर्यादित र भयमुक्त वातावरणमा सञ्चालन गर्नु पर्ने साझा चाहना रहेको उल्लेख गर्दै, तर त्यसका लागि प्रदेश सरकारले नियम विपरीत कदम चाल्न नहुने स्पष्ट पारेको छ।

“राष्ट्रिय परीक्षा बोर्डको निर्देशिका अनुसार परीक्षा सञ्चालन, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीक्षकहरूको व्यवस्था हुने कानुनी प्रावधान छ। परीक्षा नजिकिँदै गर्दा गोलाप्रथा द्वारा केन्द्राध्यक्ष छनोट गर्ने निर्णयले एसईई जस्तो संवेदनशील परीक्षा लाई जोखिममा पार्ने काम भएको छ,” विज्ञप्तिमा उल्लेख छ।

शिक्षक संघले मधेश प्रदेश सरकारको यस्तो गैर-जिम्मेवार क्रियाकलापको घोर भर्त्सना गर्दै परीक्षालाई स्वच्छ र मर्यादित ढंगले सञ्चालन गर्नु पर्ने माग गरेको छ। मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथा बाट हुनु पर्ने नभए एसईई परीक्षा बाट बाहिरिने चेतावनी दिएका थिए, जस प्रति शिक्षक संघले गम्भीर ध्यानाकर्षण गराएको छ।

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend