Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश कृषि विश्वविद्यालयका भीसी ‘महतो’ लाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ४, २०८१
In प्रदेश
0

४ चैत्र,जनकपुरधाम: मधेश कृषि विश्वविद्यालयका उपकुलपति (भीसी) डा. वैधनाथ महतो लाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ।

विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतीश कुमार सिंहको अध्यक्षतामा सम्पन्न सिनेट बैठकले बहुमतका आधारमा उपकुलपति महतो र रजिष्ट्रार श्रीभगवान ठाकुर लाई पदमुक्त गर्ने निर्णय गरेको थियो। तर, महतोले सो निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी सहित १३ जनालाई विपक्षी बनाइएको रिट माथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै उपकुलपतिको कामकाज पुनः सुचारु गर्ने निर्णय गरेको हो। साथै, अदालतले विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेश द्वारा प्रकाशित विज्ञापन समेत रोकेको छ।

उपकुलपति महतोको बर्खास्ती पछि फागुन २७ गते नयाँ उपकुलपतिका लागि विज्ञापन आह्वान गरिएको थियो। मन्त्रालयले ‘कुलपति सिफारिस समिति’ को निर्णय अनुसार विज्ञापन खुलाएको भए पनि अदालतको आदेश पछि प्रक्रिया रोकिएको छ।

यता, रजिष्ट्रार ठाकुर लाई हटाउने निर्णय पनि सोही सिनेट बैठक बाट भए पनि उनलाई ढिलो गरी पत्राचार गरिएको छ। ठाकुरले पनि सर्वोच्च जाने तयारी गरिरहेको स्रोतले जनाएको छ।

मधेश कृषि विश्वविद्यालय लाई लिएर विवाद नयाँ होइन। मुख्यमन्त्री सिंहको नेतृत्वमा प्रदेश सरकारले विश्वविद्यालयको बजेटमा भारी कटौती गर्दै मात्र १० लाख रुपैयाँ विनियोजन गरेको, छानबिन समिति गठन गरी कामकाजमा रोक लगाएको, विद्यार्थी भर्ना र परीक्षा अवरुद्ध गरेको, प्राध्यापक तथा कर्मचारीहरूको तलब समेत रोक्का गरिएको आरोप लागेको छ। विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूले झण्डै आठ महिना देखि तलब–सुविधा नपाएको र विद्यार्थीको प्रवेश परीक्षा रोकिएको स्थिति छ।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend