Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश कृषि विश्वविद्यालयका भीसी ‘महतो’ लाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ४, २०८१
In प्रदेश
0

४ चैत्र,जनकपुरधाम: मधेश कृषि विश्वविद्यालयका उपकुलपति (भीसी) डा. वैधनाथ महतो लाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ।

विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतीश कुमार सिंहको अध्यक्षतामा सम्पन्न सिनेट बैठकले बहुमतका आधारमा उपकुलपति महतो र रजिष्ट्रार श्रीभगवान ठाकुर लाई पदमुक्त गर्ने निर्णय गरेको थियो। तर, महतोले सो निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी सहित १३ जनालाई विपक्षी बनाइएको रिट माथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै उपकुलपतिको कामकाज पुनः सुचारु गर्ने निर्णय गरेको हो। साथै, अदालतले विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेश द्वारा प्रकाशित विज्ञापन समेत रोकेको छ।

उपकुलपति महतोको बर्खास्ती पछि फागुन २७ गते नयाँ उपकुलपतिका लागि विज्ञापन आह्वान गरिएको थियो। मन्त्रालयले ‘कुलपति सिफारिस समिति’ को निर्णय अनुसार विज्ञापन खुलाएको भए पनि अदालतको आदेश पछि प्रक्रिया रोकिएको छ।

यता, रजिष्ट्रार ठाकुर लाई हटाउने निर्णय पनि सोही सिनेट बैठक बाट भए पनि उनलाई ढिलो गरी पत्राचार गरिएको छ। ठाकुरले पनि सर्वोच्च जाने तयारी गरिरहेको स्रोतले जनाएको छ।

मधेश कृषि विश्वविद्यालय लाई लिएर विवाद नयाँ होइन। मुख्यमन्त्री सिंहको नेतृत्वमा प्रदेश सरकारले विश्वविद्यालयको बजेटमा भारी कटौती गर्दै मात्र १० लाख रुपैयाँ विनियोजन गरेको, छानबिन समिति गठन गरी कामकाजमा रोक लगाएको, विद्यार्थी भर्ना र परीक्षा अवरुद्ध गरेको, प्राध्यापक तथा कर्मचारीहरूको तलब समेत रोक्का गरिएको आरोप लागेको छ। विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूले झण्डै आठ महिना देखि तलब–सुविधा नपाएको र विद्यार्थीको प्रवेश परीक्षा रोकिएको स्थिति छ।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२
प्रदेश

मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा, नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

अशोज २८, २०८२
प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वास मत लिने

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend