५ चैत्र,जनकपुरधाम: मधेश प्रदेश सरकारले एसईई परीक्षाको सम्पूर्ण प्रक्रियाबाट आफूलाई अलग गरेको घोषणा गरेको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले बिहीबा रदेखि सुरु हुने एसईई परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानिएको भन्दै परीक्षा प्रक्रिया बाट बाहिरिएको जानकारी दिए। मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सिंह र शिक्षामन्त्री रानी शर्मा तिवारीले यो निर्णय सार्वजनिक गरेका हुन्।

प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रणालीबाट चयन गर्न निर्देशन दिए पनि शिक्षा समन्वय इकाइ तथा अन्य शैक्षिक संस्थाहरूले अस्वीकार गरे पछि सरकार प्रक्रिया बाट बाहिरिएको मुख्यमन्त्री सिंहले बताए। उनले विगत २० वर्ष देखि शिक्षा अधिकारीहरूले मधेश प्रदेशको परीक्षामा अनियमितता गर्दै विद्यार्थीहरूको भविष्यमा खेलबाड गरिरहेको आरोप लगाए।

मुख्यमन्त्री सिंहले एसईई परीक्षा समाप्त भए पछि शिक्षा अधिकारीहरू र सम्बन्धित निकायहरूको अनुगमन गरिने र आवश्यक परे तालाबन्दी समेत गर्ने समेत चेतावनी दिए।
आफ्नो प्रतिकृया दिनुहोस्