Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २४, २०८२
In प्रदेश
0

२४ वैशाख, इटहरी : कोशी प्रदेश सरकारले प्रदेश भित्र सञ्चालनमा रहेका सबै ग्यारेज र वर्कसप लाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ। मन्त्रीपरिषद्को बैठकले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ पारित गर्दै अब देखि यस्तो व्यवसाय सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य हुने व्यवस्था गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार, वर्कसप व्यवसायीहरूले अब यातायात व्यवस्था कार्यालय बाट अनुमति लिनु पर्नेछ भने कारखाना सञ्चालन गर्न सम्बन्धित मन्त्रालयको स्वीकृति आवश्यक हुनेछ।

मन्त्री भण्डारीले बताए अनुसार, यो निर्देशिका ल्याउने मुख्य उद्देश्य ग्यारेज तथा कारखानाको अव्यवस्थित सञ्चालनमा नियन्त्रण ल्याउने, राजस्व प्रणाली लाई व्यवस्थित बनाउने र व्यवसायीहरू लाई कानुनी स्पष्टता प्रदान गर्ने हो।

उनले भने, “यो निर्देशिका व्यवसायीहरू सँगको परामर्शमा आधारित छ। यसले कानुनी अन्योल र अनावश्यक झन्झट हटाएर व्यवसायलाई सहज बनाउने छ।” हाल अधिकांश ग्यारेजहरू स्थानीय तहमा व्यवसायिक कर मात्र तिरेर चलाइएका छन्, र धेरैले त दर्ता नै नगरी संचालन गरिरहेका छन्। यसले राज्यको अनुगमन र कर संकलन प्रक्रियामा समस्या सिर्जना गरिरहेको छ।

निर्देशिका लागू भए सँगै अब सरकारी तथा निजी कार्यालयहरूले सवारी मर्मतका लागि प्रयोग गर्ने वर्कसप पनि प्रदेशमा विधिवत् दर्ता भएको हुनु पर्ने छ। साथै, प्रदेश सरकारले अनुगमन प्रक्रिया अझ कडा बनाउने तयारी गरेको छ।सरकारले यो कदमले व्यवसायमा अनुशासन कायम गर्नुका साथै नागरिक सुरक्षा पनि मजबुत हुने दाबी गरेको छ।

  • 52shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१
प्रदेश

एसईई परीक्षाबाट मधेश प्रदेश सरकार अलग

चैत्र ४, २०८१
प्रदेश

मधेश कृषि विश्वविद्यालयका भीसी ‘महतो’ लाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

चैत्र ३, २०८१
प्रदेश

मुख्यमन्त्री सिंहको अभिव्यक्ति प्रति शिक्षक संघको तीव्र आपत्ति

चैत्र ३, २०८१
प्रदेश

मधेश प्रदेशमा गौर प्रादेशिक अस्पताल : देशमै उत्कृष्ट

फाल्गुन ६, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend