३० बैशाख,जनकपुर: मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य संस्थाहरुको अनुगमन पछि अब विद्यालय तर्फ ध्यान दिँदै शैक्षिक अनुगमन सुरु गरेका छन्।
अभिभावकहरु द्धारा आएका गुनासो पछि शैक्षिक सुधारको उद्देश्य सहित मुख्यमन्त्री सिंह विद्यालयहरूको स्थलगत अनुगमनमा निस्किएका हुन्। मंगलबार उनले धनुषा जिल्लाको हंसपुर नगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरूको निरीक्षण गरे।

अनुगमनका क्रममा उनले विद्यालयका भौतिक संरचना, शिक्षकहरूको उपस्थिति, विद्यार्थीहरूको सिकाइ अवस्था तथा अन्य समस्याबारे जानकारी लिएका थिए। उनले कक्षा कोठामा पुगेर विद्यार्थीहरू सँग पढाइको बारेमा सोधपुछ समेत गरे।
मुख्यमन्त्री सिंहले शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरू सँग छुट्टा-छुट्टै छलफल गरेका थिए। सो अवसरमा उनले शिक्षकहरूलाई समयमा विद्यालय आउन, नियमित गृहकार्य दिने, कापी चेक गर्ने र विद्यार्थीहरूको पठन-पाठनमा विशेष ध्यान दिन निर्देशन दिए।
साथै, उनले अभिभावकहरू लाई आफ्ना छोरा छोरीले विद्यालयमा सिकेका कुरा घरमै चेक गर्न, विद्यालय गए वा नगए, गृहकार्य गरे वा नगरे जस्ता गतिविधिमा निगरानी राख्न आग्रह गरे।
मुख्यमन्त्री सिंहले विद्यालयमा देखिएका भौतिक संरचना, खानेपानी, शौचालय लगायतका समस्याहरु समाधान गर्न स्थानीय तह सँग समन्वय गर्ने र प्रदेश सरकारको तर्फ बाट आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता पनि जनाए।



















आफ्नो प्रतिकृया दिनुहोस्