Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेश प्रमुख भण्डारी समझ लेखापरीक्षण प्रतिवेदन पेस

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १, २०८२
In प्रदेश
0

१ जेठ,जनकपुर: महालेखा परीक्षकको कार्यालयबाट जारी भएको लेखा परीक्षण प्रतिवेदन मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी समझ पेस गरिएको छ । बिहीबार नायब महालेखा परीक्षक इन्द्र प्रसाद आचार्यले मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारी लाई २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन बुझाएका छन् ।


प्रतिवेदनमा उल्लेख भए अनुसार २०८०/८१ मा प्रदेश मन्त्रालय, समिति र अन्य संस्था समेत १५९ निकायको रु ४६ अर्ब ५ लाख ७ हजारको लेखा परीक्षण गरिएको छ । जस मध्ये जम्मा बेरुजु जम्मा १ अर्व १६ करोड ३८ लाख २ हजार ठहर भएको छ । यो लेखा परीक्षण अंकको २.५३ प्रतिशत रहेको छ ।


गत वर्षको तुलनामा यो वर्ष राजस्व असुली ५.४० प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । यो वर्षको कुल राजस्व असुली लक्ष्या (अनुदान बाहेक) रु १५ अर्ब ७६ करोड २ हजार रहेकोमा रु १४ अर्ब ४० करोड ८३ लाख ७६ हजार असुली भई लक्ष्याको तुलनामा ९१.४२ प्रतिशत असुल भएको प्रतिवेदनमा उल्लेख रहेको छ ।


७ वटै प्रदेश मध्ये सबै भन्दा बढी बेरुजु मधेश प्रदेशकै भएता पनि २०७५ देखिको विवरण हेर्दा क्रमिक रुपमा यस वर्ष मधेश प्रदेशको बेरुजु पहिले भन्दा कम हुँदै गइरहेको महालेखा परीक्षक आचार्यले जानकारी दिनु भयो ।

उनले मन्त्रालय र अन्य निकायहरुमा भएका कामकाज हरुको हिँसाब किताबमा कमि देखिएकोले पनि बेरुजु बढेको बताए ।प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख सुवेदीले प्रतिवेदन अनुसार सम्बिधीत मन्त्रालय, संस्था र निकायहरुलाई काम काजमा गम्भिर हुन निर्देशन दिने बताइन ।

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend