Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३, २०८२
In प्रदेश
0

 ३ जेठ, जनकपुर: सत्तारूढ नेपाली कांग्रेसले मधेश प्रदेश सरकार स्वास्थ्य सेवाको संवेदनशीलता लाई उपेक्षा गर्दै अस्पताल सञ्चालन प्रति पूर्वाग्रही भएको आरोप लगाएको छ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका उपनेता तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्री सतीश कुमार सिंह र स्वास्थ्य तथा जन-संख्या मन्त्री शत्रुधन प्रसाद सिंह लाई ज्ञापन-पत्र बुझाउँदै तत्काल अस्पताल सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन्।

२०८० मंसिर १८ गतेको मन्त्रिपरिषद् बैठकले ६ वटा जिल्ला अस्पताललाई १०० शैय्याको बनाउने र थप ५ वटा ५० शैय्याका नयाँ अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयनमा प्रदेश सरकार गम्भीर नभएको कांग्रेसको आरोप छ।

सिंहका अनुसार आवश्यक जनशक्तिका लागि अस्थायी दरबन्दी स्वीकृत भइसकेको र विज्ञापन मार्फत कर्मचारी छनोट प्रक्रिया पनि सम्पन्न भइसकेको अवस्थामा अस्पतालहरू सञ्चालनमा नआउनु सरकारको लापरवाही र नियत प्रति प्रश्न उठाउने विषय हो।

ज्ञापनपत्रमा उनले उल्लेख गरेका छन्, “दरबन्दी अनुसारको जनशक्ति तत्काल सम्बन्धित अस्पतालहरूमा खटाई ती अस्पतालहरू शीघ्र सञ्चालन गरिनु पर्छ।”

कांग्रेसले मन्त्रालयको लापरवाहीले नागरिकहरू स्वास्थ्य सेवा बाट वञ्चित भइरहेको भन्दै यसलाई गम्भीर अन्यायको संज्ञा दिएको छ। खास गरी दूरदराजका जिल्लाहरूमा स्वास्थ्य सेवा पहुँच नपुग्दा जनताको जीवन स्तरमा नकारात्मक प्रभाव परेको भन्दै प्रदेश सरकार लाई तत्काल कदम चाल्न आग्रह गरिएको छ।

  • 13shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२
प्रदेश

मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा, नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

अशोज २८, २०८२
प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वास मत लिने

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend