१२ जेठ,जनकपुरधाम, मधेश प्रदेश : मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका शहीद परिवारका सदस्यहरूले जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि शान्तिपूर्ण धर्ना थालेका छन्।

आज दिउँसो देखि सुरु गरिएको उक्त धर्नामा सहभागीहरूले चार प्रमुख माग अघि सारेका छन्। ती मागहरूमा मधेशी शहीद प्रतिष्ठानमा तत्काल सदस्य नियुक्त गर्नु पर्ने, प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य बीमा योजना लागू गर्नु पर्ने, ‘एक परिवार एक रोजगार’ कार्यक्रम कार्यान्वयन गर्नु पर्ने, र शहीद परिवारका छोरा-छोरीलाई छात्रवृत्तिको व्यवस्था गर्नु पर्ने उल्लेख छ।

शहीद चन्दन पटेलका पिता अवदेश पटेलले विगतमा पटक–पटक गृहमन्त्री राजकुमार लेखी र मुख्यमन्त्री सतिश कुमार सिंह लाई भेट्दा केवल आश्वासन मात्र पाएको गुनासो गरे। “हामीलाई घण्टौं बसाएर अन्त्यमा खाली आश्वासन दिइयो, तर व्यवहारमा केही गरेनन्,” उनले आरोप लगाए।
सरकारको बेवास्ता प्रति असन्तुष्टि जनाउँदै पटेलले माग पुरा नभए सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्