Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘रेन’ परियोजनाबारे मुख्यमन्त्रीसँग छलफल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १७, २०८२
In प्रदेश
0

१७ जेठ,जनकपुर, मधेश प्रदेश:मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र ‘रेन’ परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादव बीच शुक्रबार परियोजना सम्बन्धी विशेष छलफल सम्पन्न भएको छ।

छलफलका क्रममा ‘ रेन: लचिलोपन, अनुकूलन र समावेशीताका लागि नेपालमा समुदाय नेतृत्वमा आधारित समग्र पहल’ परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा अपेक्षित प्रभाव बारे विस्तृत जानकारी प्रस्तुत गरियो। संयुक्त अधिराज्य सरकारको सहयोगमा, पिपुल इन निड र डेनचर्च एडसँगको साझेदारीमा ली बर्ड द्वारा सञ्चालित यो परियोजना विक्रम संवत २०८२ देखि २०८७ सम्म लागू हुनेछ। परियोजना मधेश प्रदेशका पाँच जिल्लाका १४ वटा पालिकामा कार्यान्वयन गरिने जनाइएको छ।

वरिष्ठ अनुकूलन अधिकृत यादवले परियोजनाले मधेश र लुम्बिनी प्रदेशमा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम न्यूनीकरण, प्रकृतिमा आधारित समाधान, पूर्वतयारी रणनीति, समुदाय-आधारित सुरक्षित आवास तथा समावेशी कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिए।

मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै यस्तो परियोजनाले स्थानीय तहमा लचिलोपन र प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। साथै, उनले परियोजनाको सफल कार्यान्वयनका लागि प्रदेश सरकार बाट आवश्यक सहयोग सुनिश्चित गरिने प्रतिबद्धता जनाए।

छलफल कार्यक्रममा मधेश प्रदेश वन निर्देशनालयका निर्देशक जगरनाथ जसवाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, समृद्धिका लागि वन परियोजनाका प्रमुख सुजित कुमार झा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सञ्जय कुमार यादव, सिरहा नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, प्रदेश सरकारका अन्य उच्च अधिकारीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता थियो।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend