२२ जेठ,जनकपुरधाम, (मधेश प्रदेश) : मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले पछिल्लो समय ट्राफिक चेकजाँचको नाममा सवारी चालकहरु माथि दुर्व्यवहार भइरहेको गम्भीर गुनासो गरेका छन्।

बिहीबार जनकपुरधाममा आयोजित ट्राफिक जनचेतनामूलक सप्ताह उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले, छोटो-छोटो दुरीमा बारम्बार चेकजाँच गरिँदा चालक र यात्रु दुवै लाई समस्यामा पारिएको बताए। उनले विशेषगरी एउटै यात्रामा, एक किलोमिटर भन्दा पनि कम दुरीमा दुई-दुईपटक चेकजाँच गर्ने प्रवृत्तिलाई रोक्न ट्राफिक प्रहरीलाई स्पष्ट सन्देश दिए।

“यो चेकजाँच होइन, जालझेल जस्तो गस्ती जस्तै हुन थाल्यो,” मुख्यमन्त्री सिंहले भने, “यात्रुहरूले बारम्बार अनावश्यक चेकजाँच बारे गुनासो गरिरहेका छन्।”मुख्यमन्त्री सिंहले ट्राफिक इञ्चार्जहरुलाई चेकजाँच लाई व्यवस्थित बनाउने, रुट निर्धारण गरेर मात्र जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन पनि दिए।

कार्यक्रममा उनले अभिभावकहरू प्रति पनि आग्रह गर्दै भने, “उमेर नपुगेका छोराछोरी लाई सवारी साधन चलाउन दिनु हुँदैन। ज्यान भन्दा महत्वपूर्ण अरु केही हुँदैन।”



















आफ्नो प्रतिकृया दिनुहोस्