१६ असार,जनकपुरधाम । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले जनकपुरधाम–ढल्केवर सडक खण्डमा जडान भइरहेको सडक बत्तीको कार्य र यसको गुणस्तरको अनुगमन गरेका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भइरहेको यो कार्यको गुणस्तरीयता सुनिश्चित गर्न मन्त्री यादव आफैं प्राविधिक टोली सहित निरीक्षणमा निस्किएका हुन्।
सडक बत्तीको सामग्री, जडान प्रक्रिया, विद्युत आपूर्तिको अवस्था लगायतका विषयमा उनले प्राविधिक टोलीसँग प्रत्यक्ष जानकारी लिएका छन्। मन्त्री यादवले जनताको करबाट निर्माण हुने पूर्वाधार दीर्घकालीन रूपमा उपयोगी हुनुपर्ने भन्दै अनुगमन कार्यलाई थप प्रभावकारी बनाइएको बताए।
उनको यो प्रत्यक्ष अनुगमनले निर्माण कार्यमा पारदर्शिता र जवाफदेहिता कायम हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। उनीहरूले सडक बत्तीको प्रभावकारिता र सुरक्षा अभिवृद्धिमा यो पहल महत्वपूर्ण हुने प्रतिक्रिया दिएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्