२४ असार,जनकपुर । मधेश प्रदेश सरकार बाट नागरिक उन्मुक्ति पार्टीले आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।मंगलबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका समानुपातिक सांसद उर्मिला देवी सिंहले आफ्नो पार्टीले मधेश प्रदेश सरकार लाई दिएको समर्थन फिर्ता लिएको सभामुख रामचन्द्र मण्डल लाई जानकारी गराएकी छन् ।
सांसद सिंहले बजेटमा बिचौलिया हाबी भएको र त्यस्को आफू सँग प्रमाण समेत रहेको दाबी गरेकी छन् । उनले मधेश प्रदेशमा धेरै भ्रष्टाचार भएको आरोप समेत लगाएकी छन् । उनले आफ्नो गाउँमा चलिरहेको योजनाको काममा बिचोलियाले आएर गर्दै गरेको दाबी गरेकी छन् ।
सुखी मधेश समृद्ध मधेश हुनुको साटो सबै माननीय सांसद र मधेश प्रदेशको जनता अहिलेको बजेटले दुखी भएको उनको आरोप छ ।सांसद सिंहले सभामुखलाई अभिभावकको भूमिका निर्वाह गर्दै सबै सांसदहरुको भावनालाई बुझेर कुनै नतिजामा पुग्न आग्रह गरिन ।



















आफ्नो प्रतिकृया दिनुहोस्