२४ असार,जनकपुर ।असार २३ गते राति करिब १ बजे जनकपुरधाममा समाचार संकलनका लागि पुगेका पत्रकार दिवाकर साह माथि भएको दुर्व्यवहार प्रति मधेश प्रदेश सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मिडिया काउन्सिलले गम्भीर ध्यानाकर्षण जनाएको छ।
मिडिया काउन्सिल द्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार पूर्वाधार विकास कार्यालयमा अनाधिकृत रुपमा राति कार्यालय सञ्चालन भईरहेको जानकारी पाए पछि पत्रकार साह समाचार संकलनका लागि पुगेका थिए। सोही क्रममा निज पत्रकारलाई घेरी दुर्व्यवहार गर्दै समाचार संकलनका उपकरणहरू खोस्ने प्रयास गरिएको र सहकर्मीहरू सँग दुर्व्यवहार गरिएको आरोप छ।
काउन्सिलले एक व्यक्तिको गल्तीको आधारमा पत्रकार माथि गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रता माथिको गम्भीर उल्लंघन भनेको छ। सार्वजनिक सरोकारका समाचार संकलन गरिरहेका पत्रकार माथि यस्ता व्यवहार गर्नु गैरकानुनी मात्र नभई आपराधिक कार्य भएको उल्लेख गर्दै काउन्सिलले दोषी माथि आवश्यक कारबाहीको माग गरेको छ।
पत्रकार साहले आक्रमणको भिडियो र अन्य प्रमाण पेश गरिसकेका छन्। यस आधारमा तत्काल सुरक्षा व्यवस्था मिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी र सम्बन्धित सुरक्षा निकायलाई काउन्सिलले आग्रह गरेको छ।
यसका साथै काउन्सिलले सबै पक्षलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारहरूलाई सुरक्षाको प्रत्याभूति दिन कार्यवाहक अध्यक्ष सुरेश यादव द्वारा जारि प्रेस विज्ञप्ति मा उल्लेख गरिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्