Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेशमा ‘घरधुरी बीमा’ र ‘नागरिक बीमा’ कार्यक्रम शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १२, २०८२
In प्रदेश
0

१२ साउन,जनकपुर।मधेश प्रदेश सरकारले ‘ घरधुरी बीमा’ र ‘नागरिक बीमा’ कार्यक्रम औपचारिक रूपमा शुरु गरेको छ। यो कार्यक्रम नेपालमै पहिलो पटक कुनै प्रदेशले लागू गरेको ऐतिहासिक पहल हो।

मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा शुरु गरिएको बीमा योजनाको पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकलाई बीमाको दायरामा ल्याइएको छ।मुख्यमन्त्री सिंहका अनुसार कार्यक्रम मार्फत कुल करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा सुनिश्चित गरिएको छ।

घरधुरी बीमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी-हुरी जस्ता प्राकृतिक विपत्तिबाट भएको क्षतिपूर्तिमा प्रति घरधुरी अधिकतम ५ लाख रुपैयाँको बीमा सुविधा प्रदान गरिनेछ।नागरिक बीमा कार्यक्रमले आकस्मिक मृत्यु, शारीरिक अपांगता तथा दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्ने छ। बीमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ।

प्रदेशका आठवटै जिल्लाका नागरिकले यो सुविधा लिन सक्ने छन्। भारतमा दुर्घटनामा परेर मृत्यु भए पनि प्रदेशका नागरिकलाई १० लाख रुपैयाँ सम्म बीमा सुविधा दिइने छ।सरकारले बीमा दाबी प्रक्रिया पारदर्शी र सरल बनाएको जनाएको छ।

दाबीका लागि साक्ष्य सहित निवेदन, प्रहरी वा अस्पतालको प्रतिवेदन, स्थानीय तहको सिफारिस तथा प्रदेश नागरिक भएको प्रमाण अनिवार्य हुनेछ।मुख्यमन्त्री सिंहले यस्तो प्रणालीले राहत वितरण प्रक्रिया सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

साउन १४, २०८२
प्रदेश

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२
प्रदेश

मधेश प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

साउन ७, २०८२
प्रदेश

मुख्यमन्त्री सिंह र संघीय मन्त्री प्रदीप यादवबीच भेट: मधेशमा खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

असार ३२, २०८२
प्रदेश

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२
प्रदेश

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

sun

सुन-चाँदीको मूल्य घट्यो

साउन १५, २०८२

अन्जली हत्या प्रकरण: श्रीमतीको हत्यारा फेरि पक्राउ, यस्तो छ घटनाको वास्तविक कारण

साउन १५, २०८२

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

साउन १४, २०८२

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

साउन १४, २०८२

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर भरि सुनामीको चेतावनी जारी

साउन १४, २०८२
sun

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

साउन १४, २०८२

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध मुद्दा दर्ता

साउन १३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend