Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेशमा ‘घरधुरी बीमा’ र ‘नागरिक बीमा’ कार्यक्रम शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १२, २०८२
In प्रदेश
0

१२ साउन,जनकपुर।मधेश प्रदेश सरकारले ‘ घरधुरी बीमा’ र ‘नागरिक बीमा’ कार्यक्रम औपचारिक रूपमा शुरु गरेको छ। यो कार्यक्रम नेपालमै पहिलो पटक कुनै प्रदेशले लागू गरेको ऐतिहासिक पहल हो।

मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा शुरु गरिएको बीमा योजनाको पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकलाई बीमाको दायरामा ल्याइएको छ।मुख्यमन्त्री सिंहका अनुसार कार्यक्रम मार्फत कुल करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा सुनिश्चित गरिएको छ।

घरधुरी बीमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी-हुरी जस्ता प्राकृतिक विपत्तिबाट भएको क्षतिपूर्तिमा प्रति घरधुरी अधिकतम ५ लाख रुपैयाँको बीमा सुविधा प्रदान गरिनेछ।नागरिक बीमा कार्यक्रमले आकस्मिक मृत्यु, शारीरिक अपांगता तथा दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्ने छ। बीमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ।

प्रदेशका आठवटै जिल्लाका नागरिकले यो सुविधा लिन सक्ने छन्। भारतमा दुर्घटनामा परेर मृत्यु भए पनि प्रदेशका नागरिकलाई १० लाख रुपैयाँ सम्म बीमा सुविधा दिइने छ।सरकारले बीमा दाबी प्रक्रिया पारदर्शी र सरल बनाएको जनाएको छ।

दाबीका लागि साक्ष्य सहित निवेदन, प्रहरी वा अस्पतालको प्रतिवेदन, स्थानीय तहको सिफारिस तथा प्रदेश नागरिक भएको प्रमाण अनिवार्य हुनेछ।मुख्यमन्त्री सिंहले यस्तो प्रणालीले राहत वितरण प्रक्रिया सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend