Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जसपाका नेता यादवको आरोप, “गौर हत्याकाण्डलाई पुन: ब्युँताएर सरकारले मधेसी जनतालाई थर्काउन खोजेको छ”

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ३, २०८२
In प्रदेश, राजनीति
0

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य योगेन्द्र राय यादवले गौर हत्याकाण्डलाई पुन: ब्युँताएर सरकारले मधेसी जनतालाई थर्काउन खोजेको आरोप लगाएका छन् ।

साढे १८ वर्षअघि भएको घटनालाई राजनीतिक प्रतिशोध साध्ने नियतले अहिले उचालिएको भन्दै उनले यस्तो कदमले मधेसमा पुन: असन्तोष र आन्दोलन भड्किन सक्ने चेतावनी दिएका हुन् ।

सर्वोच्च अदालतले सोमबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि गौर घटनामा अनुसन्धान गर्न परमादेश जारी गरेको छ । तर, घटनाको दिन यादव घटनास्थलमै नभएको दाबी गर्दै नेता योगेन्द्र यादवले यसलाई “सरकारको षड्यन्त्र” भनेका छन् ।

उनका अनुसार, भूमि सम्बन्धी अध्यादेश मधेस विरोधी भएकाले अध्यक्ष उपेन्द्र यादवले त्यसमा हस्ताक्षर नगरेको बदला स्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गौर घटनालाई उठाएको हो ।

नेता यादवले भने, “निर्दोषलाई फसाउने प्रयास भयो भने हामी चुप लागेर बस्दैनौँ । सरकारले गलत कदम चाले मधेसमा पुन: निर्णायक आन्दोलन हुनेछ ।” उनले आजै देखि रौतहटको गौरबाट विरोधको सुरुवात गर्ने चेतावनी पनि दिए ।

२०६३ साल चैत ७ गते गौरको राइस मिलमा मधेसी जनअधिकार फोरम र माओवादी कार्यकर्ता बिच भएको भिडन्तमा २७ जनाको मृत्यु भएको थियो । जसपा नेपालका अनुसार घटना तत्कालीन माओवादी नेता प्रभु साहको निर्देशनमा भएको हो ।

“घटनाका मुख्य योजनाकार प्रभु साहलाई कारबाही गर्नु पर्नेमा सरकारले उल्टै उपेन्द्र यादवलाई फसाउन न्यायालयलाई प्रयोग गरेको छ, जुन गम्भीर आपत्तिजनक कुरा हो,” यादवले भने । उनले सरकारलाई रवैया सुधार्न आग्रह गर्दै मधेसमा पुन: विद्रोह भए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिएका छन् ।

साभार: यात्रा डेली

  • 32shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend