जनकपुर । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले सुरक्षा निकायलाई सवारी साधन उपलब्ध गराएको छ। सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजकुमार लेखीले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय धनुषा, रौतहट, महोत्तरी र सप्तरीलाई दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन हस्तान्तरण गरे।
मन्त्री लेखीले स्रोत साधनको कमीका कारण सुरक्षा निकायलाई कार्य सम्पादनमा कठिनाई हुँदै आएको भन्दै सुविधा उपलब्ध गराउन मन्त्रालयले पहल गरेको बताए। उनका अनुसार, गृह मन्त्रालयको बजेट अन्य मन्त्रालयको तुलनामा न्यून रहे पनि जनताको सुरक्षा र कानुन कार्यान्वयनलाई सहज बनाउन स्रोत साधनमा लगानी गरिँदै आएको छ।

लेखीले हाल मधेश प्रदेशमा आपराधिक गतिविधि घटेको दाबी गर्दै प्रहरी जवानहरुले सीमित सुविधा पाएर पनि आफ्नो दायित्व निर्वाह गरिरहेको प्रशंसा गरे। साथै, सञ्चार माध्यममा अपराध सम्बन्धी समाचारलाई बढाइ चढाइ गरेर प्रस्तुत गर्ने प्रवृत्ति देखिएको भन्दै सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरे।मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानलाई १२५ सीसीका २१ मोटरसाइकल, दुई इलेक्ट्रिक कार र तीन इलेक्ट्रिक पिकअप हस्तान्तरण गरेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्